एजेन्सी ।
चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३५ लाख युरो रकम सहयोग गरेका छन् । उनले लियोनल मेस्सीले आफ्नो फाउण्डेशन लियो मेस्सी फाउन्डेसन’ लाई भूकम्प पीडितका लागि सहयोग गर्न आग्रह गरेको टर्कीका सञ्चारमाध्यमले जनाएका छन् ।
लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो जसले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ र लियोका जेठा भाइ म्याटियासले युनिसेफसँगको साझेदारीमा गतिविधिहरू आयोजना गर्छन्।
टर्कीमा सोमबारको भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेपछि ७.८ म्याग्निच्युडको भूकम्प गजियनटेप प्रान्तको नुरदागीबाट २३ किलोमिटर पूर्वमा २४.१ किलोमिटर गहिराइमा रहेको थियो।
प्रतिक्रिया