अब ३० रुपैयाँले महिनाभरी विजुली !

अब ३० रुपैयाँले महिनाभरी विजुली !


काठमाडौं, १ मंसिर । नेपािलमा बुधवारदेखि बिजुलीमा नयाँ महसुल लागू भएको छ । नयाँ महसुल अनुसार महिलाको २० युनिटसम्म विजुली प्रयोग गर्ने घरपरिवारले बिजुलीको पैसा तिर्नुपर्ने छैन, ३० रुपैयाँ इनर्जी शुल्क तिरे मात्र पुग्ने व्यवस्था गरिएको छ । विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार आजदेखि विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेट ल्याउने क्रममा बजेटमै २० युनिटसम्म उपयोग गर्ने उपभोक्ताबाट शुल्क नलिने व्यवस्था मिलाउनुभएको थियो । सरकारले लागू गरेको महसुलअनुसार अब देशभरका १९ लाख ८६ हजार घरधुरीले मासिक ३० रुपैयाँमात्रै तिरे पुग्नेछ । यस्तै कृषि उद्यम र सिँचाइमा प्रयोग हुने विद्युतको सहुलियत महसुल पनि आजैदेखि कार्यान्वयनमा आएको छ । यस्तै, सिङ्गल र थ्री फेज लाइनबाट बिजुली उपभोग गर्ने उपभोक्ताले निःशुल्क रूपमा आफ्नो मिटरको क्षमता बढाउन पाउनेछन् भने सिङ्गल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ ।