टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे

टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे


काठमाडौँ ।

टर्कीमा सोमवार गएको भूकम्पपछि हराएका भनिएका खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन।

मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् । ३१ वर्षीयाको स्वास्थ्यबारे थप विवरण आउन बाँकी छ।

अस्तु सम्पकबिहीन भएपछि भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको थियो । सोमबार टर्की र सिरियामा ७।८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो ।

सो भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।

टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी राखेका थिए । टेस्पोरका ३१ वर्षका अत्सुले गत आइतबार मात्र सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए ।