३ सय ७७ कोरोना संक्रमित थपिए

३ सय ७७ कोरोना संक्रमित थपिए


काठमाडौं, ३० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ७७ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर र एन्टिजेन गरी ९ हजार १ सय ४९ जनाको नमूना परीक्षण गर्दा ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको ४ दशमलव १२ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ७० जना संक्रमण मुक्त भएका छ । योसहित नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ जना पुगेको छ । थप चार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण अहिलेसम्म ११ हजार ४ सय ८२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा ७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेकामा २ सय १९ जनाको आईसीयू र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।