मुस्ताङमा हिमपहिरो, भाडदौड हुँदा ९ घाइते, १५० चौंरीगाई हराए

मुस्ताङमा हिमपहिरो, भाडदौड हुँदा ९ घाइते, १५० चौंरीगाई हराए


काठमाडौं, २८ कात्तिक । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा पर्ने टुकुचे हिमालमा हिमपहिरो गएको छ । थासाङ गाउँपालिका कोबाङ माथि पर्ने टुचुके पिकबाट खसेको हिमपहिरोमा परेर १ सय ५० भन्दा धेरै चौंरीगाई हराएका छन् ।
हिम पहिरोका कारण कुनै मानवीय क्षति भने भएको छैन । हिपहिरो गएको क्षेत्र सदरमुकामदेखि २५ किलोमिटरभन्दा टाढा रहेकाले अहिले त्यसतर्फ प्रहरी टोली पढाइएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिनुभएको छ ।
हिमपहिरोको डरले भागदौड हुँदा ९ जना भने घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले जानकारी दिनुभयो । नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।
थासाङ गाउँपालिका– २ का अध्यक्ष नरप्रसाद हिराचनकाअनुसार दुई परिवारको चौरी गोठ पहिरोले पुरेको छ । दुई जना कृषक सकेन्द्र गौचन र भिमप्रसाद थकालीले त्यस क्षेत्रमा १५० चौरी पालेकोमा आइतबार मध्यान्ह पौने १२ बजे हिमपहिरो जाँदा सबै चौंरी पुरिएको अध्यक्ष हिराचनले बताउनुभयो । वडा अध्यक्ष हिराचनकाअनुसार हिमपहिरो जाँदा रत्नदेवी तुलाचनको घरमा क्षति भएको छ ।