सत्तारुढ गठबन्धनबाट उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, चुनावमा मिलेर लड्ने सहमति

काठमाडौं, २२ कात्तिक । सत्तारुढ पाँच राजनीतिक दलले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनको समन्वय समितिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा…