काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् । पार्टी कार्यालय सानेपामा आज बसेको लकेन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले भरतपुरको मेयरको उम्मेदवार कुनै हालत छाड्न नहुने बताएका थिए । महामन्त्री गगनकुमार थापाले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय…