बर्षमान पुनलाई भेट्न राष्ट्रिय सभा अध्यक्ष र स्वास्थ्यमन्त्री सुमेरु अस्पताल पुगे

बर्षमान पुनलाई भेट्न राष्ट्रिय सभा अध्यक्ष र स्वास्थ्यमन्त्री सुमेरु अस्पताल पुगे


काठमाडौँ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना र स्वास्थ्यमन्त्री पदम गिरी ललितपुरको सुमेरू अस्पतालमा उपचारत नेकपा माओबादी पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न अप्पताल पुगेका छन् ।

वंशाणुगत जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सुमेरू अस्पतालमा भर्ना भएका थिए । पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल पटकपटक उपचार गराएका छन् ।