आइतबार आकस्मिकबाहेक देशभरका स्वास्थ्य सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो। ‘सुरक्षाको नाममा भिभिआईपीको सवारीबाट आम सर्वसाधारणले…