आज कतिमा खरिद बिक्री भइरहेको छ अस्ट्रेलियन डलर ?

आज कतिमा खरिद बिक्री भइरहेको छ अस्ट्रेलियन डलर ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.३९ रुपैयाँ रहेको छ। आइतबारको तुलनामा आज अष्ट्रेलियन डलरको मूल्य एक रुपैयाँ ७५ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.८४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२।०७ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.१८ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.९० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९७ रुपैयाँ रहेको छ ।