फेब्रवरी २२ को कन्सर्टका लागि ब्रिस्वेन पुग्यो भ्वाइस अफ नेपालको टिम

फेब्रवरी २२ को कन्सर्टका लागि ब्रिस्वेन पुग्यो भ्वाइस अफ नेपालको टिम


ब्रिस्वेन अष्ट्रेलिया ।

अष्ट्रेलिया टुरमा रहेको दी भ्वाइस अफ नेपालको टिम ब्रिस्वेन आइपुगेको छ । फेब्रवरी २२ मा हुने सांगीतिक कार्यक्रमका लागि टिम आज बिहान ब्रिस्वेन आइपुगेको हो। ब्रिस्वेन पुगेको भ्वाइस अफ नेपालको टीमलाई कार्यक्रमको आयोजक नमस्ते इभेन्टका सोइता पोखरेल र लक्ष्मी थापाले एयरपोर्टमा खादा लगाएर स्वागत गरेका थिए । 

भ्वाइस अफ नेपालको टिम ब्रिस्वेन पुगेपछि कार्यक्रमको आयोजक नमस्ते इभेन्टले मिट एण्ड ग्रीटको आयोजना गरेको छ। ८८४८ मःमः हाउसमा भएको आजको कार्यक्रममा कार्यक्रमको तयारीका बारेमा जानकारी गराइएको थियो । फेब्रवरी २२ मा हुने सांगीतिक कार्यक्रमको आवश्यक सम्पूर्ण तयारी पुरा भएको नमस्ते इभेन्टकी लक्ष्मी थापाले जानकारी दिइन् । उनले कार्यक्रममा सहभागी हुन चाहनेले समयमै टिकट खरिद गर्न पनि आग्रह गरेकी छन् । यस्तै कार्यक्रममा बोल्दै नमस्ते इभन्टकै  सोइता पोखरेलले यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्ने हात ब्रिस्वेन नेपालीवासीको रहेकाले कार्यक्रममा उपस्थित भई सहयोग गरिदिन अनुरोध गरेकी छन् । 

कार्यक्रममा बोल्दै दी भ्वाइस अफ नेपालका कोच तथा चर्चित गायक प्रमोद खरेलले सम्पूर्ण ब्रिस्वेनवासी नेपालीहरूलाई उक्त सांगीतिक कार्यक्रममा सहभागी भएर नेपाली गीत संगीतलाई माया गरिदिनु हुन आग्रह गरेका छन् । 

यस्तै टाइटल स्पोन्सर रहेको एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज ब्रिस्वेन निर्देशक सागर अर्यालले कार्यक्रम भब्यरुपमा सम्पन्न हुनेमा आफु आसावादी रहेको बताए । उनले नेपाली गीत संगीतलाई थप उचाईमा पुर्‍याउन एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले आफ्नो तर्फबाट गर्नुपर्ने कार्य गर्न सधै तयार रहेको बताए । दी भ्वाइस अफ नेपालको टिमले सांगीतिक प्रस्तुति दिने यो कार्यक्रमको टाइटल स्पोन्सर हुन पाउँदा गौरब लागेको उनको भनाइ थियो।

एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रममा फेब्रवरी २२ मा वूलुनगबा स्थित दि प्रिन्सिस थ्रेटरमा हुँदैछ । उक्त सांगीतिक साँझमा कोच प्रमोद खरेल, दि भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरन गजमेर, सिजन–४ का बिजेता करण राई, सिजन–४ का टप १० फाइनलिस्ट वर्षा इतानी, सिजन–२ का आरिफ राउफ र सिजन–३ का टप ८ फाइनलिस्ट निहारिका ज्ञवालीले प्रस्तुति दिने छन् । कार्यक्रम संचालन भने भ्वाइस अफ नेपालका चर्चित कार्यक्रम संचालक सुशिल नेपालले गर्नेछन्।