कतिमा किनबेच हुँदैछ अस्ट्रेलियन डलर ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कतिमा किनबेच हुँदैछ अस्ट्रेलियन डलर ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । सोमबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ६४ पैसाले बढेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

यस्तै डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ८८ पैसा र बिक्री दर १४० रूपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ०३ पैसा र बिक्री दर १५८ रूपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।