काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई नागरिकलाई नतर्साउन सुझाव दिएका हुन् । प्रधानमन्त्रीसमेत सहभागी सो कार्यक्रममा उनले आफूसमेत डराएको बताउँदै नागरिकलाई नतर्साउन भनेका हुन् । म साँच्चिकै डराएको छु, मैले…