मिटरब्याजबारे अनुसन्धान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका

काठमाडौँ । सरकारले मिटरब्याजको अनुसन्धान गरी पीडितलाई न्याय दिन आयोग गठन गर्ने तयारीप्रति पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा मिटरब्याजी पीडितको न्यायका लागि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाप्रति जवाफ दिनेक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धमा आयोग गठन गर्ने र कानुन बनाएर पीडितलाई न्याय दिने बताए ।…