एकाबिहानै पूर्वी नेपालमा भूकम्पको धक्का

एकाबिहानै पूर्वी नेपालमा भूकम्पको धक्का


काठमाडौँ ।

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको बिहार राज्यस्थित पूर्णिया जिल्लाको बनमनखी बजार आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि नेपालमा पनि धक्का महसुस गरिएको हो ।

बिहान ५ बजेर ५० मिनेट जाँदा बनमनखी बजारबाट ८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

यसअघि मंगलबार साँझ गोखराको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ः५० बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।