काठमाडौँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा दश हजार कर लाग्ने भएको छ। अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ। विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता…