काठमाडौँ ।
जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजसँग खेलिरहेको छ। जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले दोस्रो ओभरमै पहिलो विकेट लिएको छ।
नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन्। यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले ३ ओभर खेल्दै १ विकेटको क्षतिमा ५ रन जोडेको छ।
प्रतिक्रिया