प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो÷चौथो साता चीनको भ्रमण गर्नुहुने जानकारी दिए। प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भने, “हामी त्यसको तयारी अवस्थामा छौँ।” उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग…