काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।
वार्तामा नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीहरुको कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ।
भारतीय प्रधानमन्त्री कार्यालयले पनि सोही विषयमा विज्ञप्ति जारी गर्दै उनीहरुबीच भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्दै दुई देशबीचको गहिरो सम्बन्धलाई अझ सुदृढ बनाउन र द्विपक्षीय साझेदारीलाई अगाडि बढाउनेबारे छलफल भएको जनाएको छ।
“निकट र मित्रवत् छिमेकी मुलुक नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रमुख साझेदार राष्ट्र हो। टेलिफोन वार्ता दुई देशबीचको उच्चस्तरीय आदानप्रदान परम्पराको निरन्तरता हो”, भारतीय प्रधानमन्त्री कार्यालयकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया