काठमाडौँ । विश्वकपको दक्षिण अमेरिकी महादेशको छनोटमा अर्जेन्टिनाले बुधवार बिहान बोलिभियालाई ३–० गोलले हराएको छ। अर्जेन्टिनाका इन्जो फर्नान्डेज, निकोलास टाग्लियाफिको र निकोलास गोन्जालेजले गोल गरे। एन्जेल डे मारियाले दुई गोलमा असिस्ट गरेका थिए। यो खेलमा नियमित कप्तान लियोनल मेस्सीलाई आराम दिइएको थियो। गत साता भएको विश्वकप छनोटकै खेलमा अर्जेन्टिनाले १–० गोलको जित हात पार्दा मेस्सीले…