राष्ट्रपतिमा दुई ‘चन्द्र’बीच प्रतिस्पर्धा

काठमाडौँ । नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको हो । फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले…