काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरु सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। अभियानको प्रस्तावलाई औपचारिक रुपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरुको माग रहेको छ। यसै बिषयमा छलफल गर्न सभापति देउवासँग समय लिएर भेट्न गएको अभियानका सदस्य लोकेश ढकालले बताए। अभियानले हालसम्म ८ सय पचास महासमिति सदस्यहरुको…