रवि लामिछाने भन्छन् : ‘इलाममा२ मा जित्न सकिएन, सिक्न सकियो’

रवि लामिछाने भन्छन् : ‘इलाममा२ मा जित्न सकिएन, सिक्न सकियो’


वैशाख १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन्।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसकेपनि सिक्ने अवसर मिलेको र जिम्मेवार ढंगले प्रस्तुत हुन कार्यकर्तालाई आग्रह गरेका छन्।

निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ।’

१५ बैशाखमा प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए।