काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथग्रहण भोलि शुक्रबार) हुने भएको छ । सुदुरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ भोली लिने गरी कार्यक्रम तय गरिएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एक महिना अघि…