राष्ट्रपतिको कदमविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो । संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको…