थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उनीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिशमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार आफ्नो पार्टीकोतर्फबाट सरकारमा सहभागी…