काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतदान सकिन केही समय बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कसलाई मत दिने भन्ने विषय टुंग्याएको छ। शुक्रबार बिहान १० बजेबाट उपराष्ट्रपति निर्वाचनको मतदान चलिरहँदा रास्वपाले ममता झाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । झा जनमतको तर्फबाट उम्मेदवार बनेकी छन् । उनीसँगै गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र एमालेबाट अष्टलक्ष्मी शाक्य…