काठमाडौँ । बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले फराकिलो अग्रता बनाएका छन्। बारा –२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी रहँदा यादवले १०,१९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६,८०६ मत ल्याएर पछ्याई रहेका छन् । उनीहरूबीच तीन हजार ३९४ मतान्तर छ । यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४००११…