संसद्को अवरोध हटाउन शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण करिब दुई सातादेखि ठप्प रहेको प्रतिनिधिसभा खुलाउने विषयमा सहमति जुटाउन शीर्ष नेताहरुबीच बैठक सुरु भएको हो। बैठक केही बेरअगाडि सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सुरु भएको हो। सभामुख देवराज घिमिरेको पलहमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष…