मेलबर्न अष्ट्रेलिया ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) भिक्टोरिया राज्य कमिटीको सातौ अधिवेशन आगामी शनिवार फेब्रुअरि १७ मेलवर्नमा हुने भएको छ। अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य समितिका सल्लाहकार रमेश पाण्डेले गर्ने भएका छन्।
मञ्चका भिक्टोरिया राज्य कमिटीका अध्यक्ष द्रोण पन्त (समि) ले अधिवेशन खुल्ला उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणमा हुने बताए। उनले बन्द सत्रले विगतको कामको समिक्षा गर्दै भावी योजना निर्माण गर्ने बताए। साथै अधिवेशनले नयाँ नेतृत्वको समेत चयन गर्ने समेत बताए। अधिवेशनका लागि पन्तको संयोजकत्वमा गठित आयोजक समितिले तयारी अन्तिम चरणमा पुर्याएको समेत जनाईएको छ।
अधिवेशनका लागि प्रमुख अतिथि पाण्डे सहित ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशव जोशी लगायतका नेताहरु शुक्रवार नै मेलवर्न आउदै गरेको अध्यक्ष पन्तले बताएका छन्।
स्थानिय मेलवर्नको ६ ऐश कोर्ट, ग्लेनरोयमा बिहान ११ बजेबाट शुरु हुने उद्घाटन सत्रका लागि भिक्टोरियाका विभिन्न संघ संस्थाहरुलाई समेत निमन्त्रणा गरिएको पन्तले बताए।
प्रतिक्रिया