दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरूको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । मन्त्री खाँणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन् । मन्त्रालयले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ । मन्त्री खाँणको निर्देशनपछि घटनास्थलमा घाइते…