‘एक बागी’माथि विमर्श

काठमाडौँ । उज्ज्वल प्रसाईको कृति ‘एक बागी’को विषय र पात्र हुन्, लेखक खगेन्द्र सङ्ग्रौला । “मलाई हेर्ने ऐना हो– एक बागी”, सङ्ग्रौला भन्छन्, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।” सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा सङ्ग्रौलाले लेखक प्रसाईले आफ्नो भण्डारफोर गरेको बताए । “जब तपाईंलाई अर्काको आँखाले हेर्छ,…