काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। ११ सदस्यीय मन्त्रिपरिषदलाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन्। उनले बुधबार नियुक्त गरेका मन्त्रीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन्। जम्कट्टेलको मन्त्रिपरिषदमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास…