विमान दुर्घटनामा तीनजना अझै बेपत्ता

काठमाडौँ । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन् । यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव…