काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएका छन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेभन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन् । शान्ति प्रक्रियासँग जोडिएका, विप्लवका मुद्दा, आफूहरूकै पनि कतिपय मुद्दा चाँडो टुंगोमा पुर्याउनुपर्ने उनको धारणा थियो ।…