शिवरात्रीको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (फोटोफिचर)

काठमाडौँ । पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्री मेलाको तयारी पूरा भएको छ। शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ। कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको…