काठमाडौँ । प्रतिनिधिसभा प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा सेवाग्राहीलाई गरिएको प्रवेश कडाइ अन्त्य गर्न माग गरेका छन् । सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरवार प्रवेशका लागि सेवाग्राही लाइनमा लाग्ने गरेको प्रसङ्ग कोट्याउँदै जारी प्रतिनिधसभा बैठकमा उनले सिंहदरवारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न रुलिङको माग गरे । मन्त्रालयजति सबै सिंहदरवारभित्र राख्ने र…