सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति

सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति


काठमाडौँ ।

सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने सर्वोच्च अदालतले अनुमति दिएन । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदनमा अदालतले अनुमति दिन अस्वीकार गरेको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो । नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा लामिछानेले निवेदन दिएका थिए ।