काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा माओवादी युद्धकालको विषयलाई लिएर दर्ता हुन लागेको रिट अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको बताएको छ । माओवादी युद्धकालमा मारिएका १७ हजार जनामध्ये ५ हजारको नैतिक जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई आधारमा मानेर सर्वोच्च अदालतमा फौजदारी मुद्दा दर्ता गर्ने कार्य अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको माओवादी केन्द्रले…