भक्तपुर । नेपालमा पटकपटक जनआन्दोलनहरु भए । देशको आमूल परिवर्तनका लागि २००७, २०४६, २०६२–०६३ सालमा जनआन्दोलन भए । यी जनआन्दोलनहरुमध्ये २०४६ साल फागुन ८ गते सोमबार आजकै दिन भक्तपुरवासीहरुको लागि अविस्मरणीय जनआनदोलनको सम्झनाको दिन बन्यो । किनकि २०४६ सालको जनआन्दोलनको क्रममा फागुन ८ गते आजकै दिन भक्तपुरको टौमढी (पाँंचतल्ले मन्दिर अगाडि) गोली चलेकोे थियो र…