धनुष र ऐश्वर्याले दिए सम्बन्धविच्छेदको निवेदन

मुम्बई । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन्। उनीहरुले हालैमात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन्। गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए। ‘साथी, दम्पती, अभिभावक र एक अर्काकका शुभचिन्तकका रुपमा १८ वर्षको साथले यो विकास, समझदारी, समायोजन र एक अर्काको…