मे १३ मा ब्रिजबेनमा ‘बोक्सीको घर’ लाग्दै

मे १३ मा ब्रिजबेनमा ‘बोक्सीको घर’ लाग्दै


ब्रिजवेन, अष्ट्रेलिया ।

अभिनेत्री केकी अधिकारीको प्रस्तुतिमा निर्मित फिल्म ‘बोक्सीको घर’ क्वीन्सल्याण्डको ब्रिजवेनमा प्रदर्शन हुँदैछ। मे १३ तारिख फाइभ स्टार सिनेमा घर न्यु फार्ममा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन हुने भएको हो। 

आइतबार साँझ ५ः४५ बाट सुरु हुने फिल्म ‘बोक्सीको घर’ को ब्रिजवेन शो को बुकिङ खुला गरिएको अमृत खत्रीले जानकारी दिएका छन्। ट्रिपल एन र श्री मुभिज इन्फोटेनमेन्टले प्रदर्शन गर्न लागेको फिल्मको ५० प्रतिशत टिकट बिक्री भइसकेको खत्रीको भनाइ छ। सुपरहिट फिल्म ‘बोक्सीको घर’ हेर्न चाहनु हुनेले अनलाइन तथा प्रत्यक्ष रूपमा भेटेर र फोन गरेर पनि टिकट खरिद गर्न सकिने उनले बताए। प्रत्यक्ष टिक खरिदका लागि मलाई र निराजन लुइटेललाई सम्पर्क गर्न सक्नुहुने छ, उनले भने। 

अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले पाएको छ।  

सत्य घटनाबाट प्रेरित फिल्म मण्डला नाटक घरमा मञ्चन गरिएको सोही शीर्षकको नाटकबाट तयार गरिएको हो। फिल्ममा शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन्। सुलक्षण भारतीद्वारा निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन्।

फिल्म ‘बोक्सीको घर’ को ब्रिजवेन शो हेर्न चाहनु हुनेले यहाँ क्लिक गरेर टिकट खरिद गर्न सक्नुहुने छ।