रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो, नयाँ नेतामा गंगाराम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइएको छ। आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यको उपस्थितमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइएको हो। पार्टी अध्यक्षसमेत रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ। त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा…