अझै छाडेनन् रवि लामिछानेले मन्त्री निवास

काठमाडौँ । सर्वोच्चको फैसला पछि उपप्रधान तथा गृहमन्त्रीबाट राजिनामा बुझाएका रवि लामिछानेले अहिलेसम्म पुल्चोकस्थित मन्त्री निवास छाडेका छैनन् । सर्वोच्चले लामिछानेको नेपाली नागरिकता कायम नगरेपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष उनले राजीनामापत्र बुझाएका थिए। त्यसकै भोलिपल्ट उनले सरकारी निवास छाडेको बताए पनि गृहमन्त्रीको हैसियतमा लामिछाने पुल्चोकस्थित मन्त्री निवासको ‘डि टु ब्लक’मा बस्दै आएका छन्। मन्त्री निवासको…