काठमाडौँ ।
बागलुङमा एक पुरुषले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गङ्गा बहादुर थापाले जानकारी दिए।
जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अङ्गमा जलेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ।
केही दिन अघि काठमाडौँको बानेश्वर संसद् भवन अगाडी इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेपप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा मृत्यु भएको थियो। यस्तै शनिबार पोखरा महानगर १३ काहुँखोलाका एक युवकले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।
प्रतिक्रिया