काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । युवराज पौडेल (सफल) ले रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति नगरी दल दर्ता गरेको उल्लेख गर्दै उक्त दल अवैधानिक भएको भन्दै खारेज गर्न माग गरिएको हो ।
पौडेलले निर्वाचन आयोगलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गर्दै बुधबार निवेदन दिएका छन् ।


प्रतिक्रिया