आक्रमणकारीले धकेल्दा पनि प्रहरीले केही गरेन : केपी ओली

काठमाडौँ । नेकप (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार आक्रमणकारीलाई पक्रेर केही गर्न नसकेको बताए । उनले आक्रमणकारीले धकेल्दा पनि प्रहरी प्रशासन केही नगरेको बताए ।…