काठमाडौँ । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले अनुसन्धानलाई सहयोग गर्ने भने पनि प्रहरीले उनीहरूसँग बयान लिएको छैन। युरोप भ्रमण छोट्याएर अनुसन्धानमा सघाउन स्वदेश फर्किएको पाँच दिन हुँदासम्म पनि पूर्वप्रधानमन्त्री नेपाललाई सिआइबीले बयानका लागि बोलाएको छैन। अर्का पूर्वप्रधानमन्त्री भट्टराईसँग पनि बयान लिइएको छैन। सरकारी वकिल साथै राखेर नेपाल र…