काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । गत असोज २० पक्राउ परेका उनी प्रहरी वृत्त गौशालाको न्यायिक हिरासतमा छन् । आइतबार चौथोपटक म्याद थप्दै थप दुई दिन उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो…