काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ।
गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।
अहिले विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन् । तर अध्यागमनको सर्भर बिग्रिएको यो पहिलो घटना भने होइन् ।

प्रतिक्रिया