‘रवि लामिछानेलाई फसाइएको’ भन्दै माइतीघरमा प्रदर्शन

‘रवि लामिछानेलाई फसाइएको’ भन्दै माइतीघरमा प्रदर्शन


काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रदर्शन गरिएको छ । शनिबार काठमाडौँको माइतीघरमा समर्थकले उनका पक्षमा प्रदर्शन गरेका हुन् ।

देश बनाउने अभियानमा लागेका कारण ‘लामिछानेलाई फसाइएको’ उनीहरूको आरोप छ । प्रदर्शनकारीले प्रशासनको विरोधमा समेत नाराबाजी गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार नागरिकतासम्बन्धी मुद्दामा उनी सांसद पदमा रहन अयोग्य रहेको आदेश गरेको थियो ।