उपसभामुख इन्दिरा रानामगर रास्वपाबाट अलग

उपसभामुख इन्दिरा रानामगर रास्वपाबाट अलग


काठमाडौँ ।

उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएकी छन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।

रानाले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।

राना सत्ता गठबन्धनका तर्फबाट माघ ७ गते उपसभामुखमा निर्वाचित भएकी हुन् ।