आज अष्ट्रेलियन डलरको भाउ झन्डै २ रुपैयाँले घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज अष्ट्रेलियन डलरको भाउ झन्डै २ रुपैयाँले घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ८१ पैसामा कारोबार भैरहेको छ । बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलरको मूल्यमा १ रुपैयाँ ७० पैसाले घटेको छ। विहीबार अष्ट्रेलियन डलर ९१ रुपैयाँ ५१ पैसामा कारोबार भएको थियो ।

यस्तै अमेरिकी डलरको खरिद दर १२९ रूपैयाँ ८८ पैसा र बिक्री दर १३० रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ५९ पैसा र बिक्री दर १४१ रूपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १७ पैसा र बिक्री दर १६० रूपैयाँ ९१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।